तोलामै ३ हजार ८०० घट्यो सुनको भाउ
arthadabali.com · Tue Sep 29 06:02:00 GMT 2026

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ८०० र चाँदीको मूल्य रु ११५ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ५०० र चाँदीको मूल्य रु चार हजार ३९५ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९४ हजार ३०० र चाँदीको मूल्य रु चार हजार ५१० कायम थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)