सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक संसद्मा
kendrabindu.com · Tue Sep 29 06:03:23 GMT 2026

काठमाडौं । नेपाली सेनाको मुख्य भूमिका रहने गरी प्रस्ताव गरिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मंगलबार विधेयक सभामा प्रस्तुत गरेकी हुन्।
विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानमार्फत राष्ट्रिय हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले विधेयक ल्याइएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)