सिक्किममा पहिलोपटक गुञ्जिँदै नेपथ्य, चिफ पेट्रोनमा सञ्जित खरेल
kalakarmi.com · Tue Sep 29 06:00:39 GMT 2026

काठमाडौं- आगामी अक्टोबर ३१ मा सिक्किमको गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सिक्किमः लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’ मा चिफ पेट्रोनका रूपमा सञ्जित खरेल रहने भएका छन् ।
सिक्किममा नेपथ्यले पहिलोपटक कार्यक्रम गर्न लागेको हो । सिक्किम कन्सर्टका लागि पीभीई नेटवर्कका संस्थापक निर्देशक तथा इभेन्ट प्रमुख विकेश कायस्थ र सञ्जित खरेलबीच भएको भेटमा सञ्जितलाई चिफ पेट्रोन बनाउने सहमति भएको हो । उक्त भेटमा कायस्थ र खरेलबीच कन्सर्टभन्दा बाहिर गएर कन्सर्टको अर्थतन्त्र, रचनात्मक अर्थतन्त्र, सांस्कृतिक पर्यटन तथा सिक्किमलाई ठूला सांगीतिक र सांस्कृतिक अनुभवका लागि उदीयमान गन्तव्यका रूपमा विकास गर्ने सम्भावनाबारे कुराकानी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)