निर्यातको मापदण्ड पूरा नगरेपछि पञ्चकन्या एसएस एक्सपोर्ट सेजबाट बाहिरियो
aarthiknews.com

काठमाडौँ। विशेष आर्थिक क्षेत्र (सेज) मा तोकिएको निर्यातको मापदण्ड पूरा गर्न नसकेपछि पञ्चकन्या एसएस एक्सपोर्ट प्रालि भैरहवा सेजबाट बाहिरिएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले सेजमा रहेका उद्योगले पालना गर्नुपर्ने निर्यातसम्बन्धी सर्त पूरा नगरेपछि पञ्चकन्यालाई निष्कासन गरेको जनाएको छ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक डा. दिवाकर लुइँटेलका अनुसार पञ्चकन्या एसएस एक्सपोर्टले सेजमा उत्पादन गरेको मेटल ट्यांकी तोकिएको परिमाणमा निर्यात गर्न नसकेपछि उद्योगलाई सेजबाट निष्कासन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)