परम्परागत आरनबाट आधुनिक उद्योगसम्म
reportersnepal.com · Tue Sep 29 06:03:33 GMT 2026

धनकुटा, १३ असोज । बिहान भालेको डाकसँगै धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित घोर्लीखर्कको कटहरे गाउँमा आरन बल्छ । आगोको रापसँगै फलाम रातो हुन्छ र घनको चोटले गाउँ गुञ्जिन थाल्छ । यही आरनमा पुस्तौँदेखि फाली, हँसिया, कोदालोलगायत कृषि औजार बनाउँदै आएका विश्वकर्मा समुदाय अहिले खुकुरी उत्पादनमार्फत आफ्नो गाउँको परिचय बदलिरहेका छन् ।
भोजपुर, खोटाङ र सङ्खुवासभाको प्रवेशद्वारका रुपमा रहेको कटहरेमा २३ घरपरिवार परम्परागत धातुजन्य हस्तकलामा आबद्ध छन् । केही वर्षअघिसम्म सामूहिक आरन घरमा पालो कुर्दै औजार बनाउने उनीहरू अहिले घरमै साना उद्योग सञ्चालन गरिरहेका छन् । अधिकांश घरमा ग्राइन्डर, ब्लोअर, कटिङ मेसिनलगायत आधुनिक उपकरण जडान गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)