मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जोखिममा हिमाल

gorkhapatraonline.com · Tue Sep 29 06:05:51 GMT 2026

कसैले पनि सोचेको थिएन लामटाङ हिमालको लिरुङ क्षेत्रको हिमनदी (ग्लेसियर) चोइटिएर तल खस्दा बगेको हिमबाढीले नेपालमा हालसम्मकै ठूलो प्राकृतिक महाविपत्ति निम्त्याउने छ । भदौ १० गतेको विराट बाढी वास्तवमै कल्पना बाहिरको थियो ।

यस्तै खालका प्राकृतिक महाविपत्ति सन् २०२१ मा भारतको उत्तराखण्डको चमौलीमा भएको थियो भने सन् २०२३ मा भारतकै सिक्किम र सन् २०२५ मा स्विट्जरल्यान्डमा समेत भयो । हिमाल फुटेर निम्तिएको विपत्तिमा पेरुले धेरै क्षति बेहोरेको छ । पेरुमा सन् १९४१, १९६२ र १९७० मा हिमालबाट आएको बाढी पहिराले ठूलो जनधनको क्षति भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)