विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ
saralpatrika.com · Tue Sep 29 06:18:46 GMT 2026

चितवन । राजनीतिक दलका महाधिवेशन, विभिन्न संघ सस्थाका साधारणसभाजस्ता कार्यक्रममा भोजनको व्यवस्था गर्नुपर्ने काम अत्यन्त चुनौती मानिन्छ । यही चुनौतीलाई अगाल्ने मध्येका एक व्यवसायी हुन् जनप्रकाश चापागाई । पछिल्ला समय दुई ठूला राजनीतिक दलका चार राष्ट्रिय कार्यक्रममा भोजनको जिम्मेवारी सम्हालेपछि उनी भोजन व्यवस्थापनका लागि अब्बल बनेका छन् ।
बेलायतबाट सेवा क्षेत्रमा अनुभव हासिल गरेर स्वदेश फर्किएपछि उनले काठमाडौँ, बुटवल र भरतपुरमा होटल र पार्टी प्यालेस सञ्चालन गर्न सुरुआत गरे । काठमाडौँमा अनुपम फुडल्याण्ड, दियालो फुडल्याण्ड, गोधुली रेष्टुरेण्टका सञ्चालक चापागाईसहितको समूह छ । उनले नेपाली कांग्रेसका दुई महाधिवेशन, एक महासमिति बैठक र यसै वर्ष चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी नेता कार्यकर्तालाई भोजनको व्यवस्थापन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)