प्रतिनिधिसभाः क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र कालोबजारी नियन्त्रणको माग
gorkhapatraonline.com · Tue Sep 29 06:17:21 GMT 2026

सांसदहरुले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त सडक पूर्वाधारको पुनर्निर्माण र डुबान तथा जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरूले दुर्गम क्षेत्रमा आधारभूत पूर्वाधारको विकास गर्न र दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन सुझाव दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल ९ललितपुर०ले नेपालमा जलवायुजन्य विपद्को जोखिम अत्यधिक रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सरकारलाई सुझाव दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)