विपद्पछि सरकारको द्रुत तदारुकता: अवरुद्ध राजमार्ग धमाधम सञ्चालनमा, उद्धार र राहतमा तीव्रता
canadanepal.com · Tue Sep 29 06:16:08 GMT 2026

काठमाडौं - असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र विपद्को सामना गर्न सरकारले देखाएको तदारुकता र समन्वयात्मक प्रयासका कारण काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू द्रुत गतिमा सञ्चालनमा आएका छन्।
बाढीपहिरोले सडक सञ्जाल अस्तव्यस्त बनेपछि सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तह र स्थानीयवासीको एकीकृत परिचालन गरी दिनरात नभनी पहिरो पन्छाउने कामलाई प्राथमिकता दिएपछि सडक सञ्चालन हुन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)