भीम रावलको विरोधपछि अछाममा एमालेको कार्यक्रम बिथोलियो
deshsanchar.com · Mon Mar 27 15:35:32 GMT 2023
धनगढी – एमालेको ग्रास रुट अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रममा भीम रावलको बिरोध गरिएपछि कार्यक्रम बिथोलिएको छ।
अछामको साँफेबगरमा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल उपस्थित रहेको कार्यक्रम बिथोलिएको हो। सोमबार उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत उपस्थित रहेको पार्टीको आन्तरिक कार्यक्रममा एमाले नेता भीम रावलका सन्दर्भमा कसैले केही नबोल्ने सहमति बिपरित एक नेताले मन्तव्य व्यक्त भए पछि रावल पक्षधर कार्यकर्ताले नाराबाजी गर्दै कुर्सी प्रहार गरेका छन्। त्यसपछि कार्यक्रम नै विथोलिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)