प्रतिनिधिसभा : क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणदेखि कालोबजारी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण
aarthiknews.com

काठमाडौँ । मनसुनजन्य विपद्बाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधारको पुनर्निर्माण, जोखिममा रहेका बस्तीको स्थानान्तरण र चाडपर्वका बेला हुन सक्ने कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरूले बाढी, पहिरो र डुबानबाट क्षतिग्रस्त पूर्वाधार तत्काल पुनर्निर्माण गर्न तथा जोखिममा रहेका बस्तीको अध्ययन गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका हुन्। संघीय संसद्को अभिलेखअनुसार असोज १३ गते प्रतिनिधिसभाको बैठक बसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)