सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी कानुनी रिक्तता हटाउन विधेयक ल्याइएको हो : कानुन मन्त्री
annapurnapost.com · Tue Sep 29 06:22:00 GMT 2026

काठमाडौं : कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी कानुनी रिक्तता हटाउनका लागि 'केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ ल्याएको बताएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि कानुनी दफाहरू रिक्त हुने अवस्था सिर्जना भएकाले ती व्यवस्थाहरूलाई पुनः कानुनी रूपमा जगाउनका लागि विधेयक ल्याइएको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)