विजय बरालको फरक अवतारसहित ‘जिरो डिग्री’ को प्रदर्शन मिति घोषणा
kalakarmi.com · Tue Sep 29 06:38:07 GMT 2026

काठमाडौं – मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’ ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ। निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा फिल्मलाई २०८३ साल माघ १५ गते अर्थात् जनवरी २९, २०२७ देखि नेपालका हलमा प्रदर्शन गरिने उल्लेख गरिएको छ।
सार्वजनिक पोस्टरमा अभिनेता विजय बराललाई फिल्मका प्रमुख पात्र ‘पुन्य चौलागाईँ’ को फरक अवतारमा प्रस्तुत गरिएको छ। ढाका टोपी, बाक्लो जुँगा, चस्मा र परम्परागत पहिरनमा घोडामाथि सवार विजयको अगाडि तथा पछाडि दुईवटा पंखा बोकेर हिँडिरहेको दृश्यले पोस्टरलाई व्यङ्ग्यात्मक र कौतूहलपूर्ण बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)