सुशील र न्यान्सीको ‘अक्षरा’ सेन्सर पास
ratopati.com · Tue Sep 29 06:49:26 GMT 2026

काठमाडौँ । विनयराज पौडेलको निर्देशन रहेको फिल्म ‘अक्षरा’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) प्रमाणपत्र दिदै पास गरेको हो ।
२३ असोज शुक्रबारबाट देशभर प्रदर्शनको तयारीमा रहेको फिल्म अभिभावकले छोरीको चाहना विपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावको कथामा आधारित छ। ‘क्षित बाबु प्रोडक्सन हाउस’को ब्यानरमा निर्मित यस फिल्मको मुख्य भूमिकामा सुशील सिटौला र न्यान्सी खड्का रहेका छन् । उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी लगायतका कलाकारको अभिनय फिल्ममा देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)