संसद्मा दुई नयाँ विधेयक, विधि विज्ञान प्रयोगशालाका २७ दफा फेरिए
kalakarmi.com · Tue Sep 29 06:46:40 GMT 2026

काठमाडौं- प्रतिनिधि सभाको मंगलवारको बैठकमा सरकारले डिप्लोमा इन्जिनियरिङको नियमनदेखि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्मका दुई महत्वपूर्ण विधेयक अघि बढाएको छ । बैठकमा दुई विधेयक प्रस्तुत हुनुका साथै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी समितिको परिमार्जित प्रतिवेदनसमेत सदनमा पेस भएको छ ।
बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गरे । डिप्लोमा इन्जिनियरिङ पेसालाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउने उद्देश्यले छुट्टै परिषद् स्थापना गर्न विधेयक ल्याइएको मन्त्री लम्सालले बताए । विधेयकमा डिप्लोमा इन्जिनियरहरूको व्यावसायिक दक्षता मापन गर्ने, योग्यता र दक्षताका आधारमा नाम दर्ता गर्ने तथा पेसागत आचारसंहिता लागू गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै, डिप्लोमा इन्जिनियर तथा प्राविधिक जनशक्तिको अभिलेख व्यवस्थित गर्ने र उनीहरूको पेसागत भूमिकालाई थप मर्यादित तथा जिम्मेवार बनाउने प्रावधानसमेत राखिएको छ । मन्त्री लम्सालका अनुसार डिप्लोमा इन्जिनियरिङ क्षेत्रमा आवश्यक नियमन, व्यावसायिक मापदण्ड र गुणस्तर कायम गर्न परिषद्को स्थापना आवश्यक भएकाले विधेयक अघि बढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)