थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु
ratopati.com · Tue Sep 29 06:53:45 GMT 2026

मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।
नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए । “धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ । यहाँ उपलब्ध एक्साभेटरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम सुरु भएको छ”, उनले भने, “ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ । यसका लागि तयारी पनि भइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)