किचनदेखि खाद्य सुरक्षासम्म उत्कृष्ट, बरपिपल रिसोर्टलाई ‘अति उत्तम’ प्रमाणपत्र
aarthiknews.com

कास्की । पोखरा–१८ स्थित चार तारे बरपिपल रिसोर्टको सरसफाई, किचन र खाद्य व्यवस्थालाई स्वच्छताको उच्चतम श्रेणीमा राखिएको छ । नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको निरीक्षणपछि रिसोर्टलाई खाद्य स्वच्छताको ‘अति उत्तम’ प्रमाणपत्र प्रदान गरिएको हो । कार्यालयका अनुसार निरीक्षणका क्रममा खाना तयार गर्ने किचन, खानेपानी, फलफूल तथा तरकारी, अन्य खाद्य सामग्री र कर्मचारीको व्यक्तिगत स्वच्छतासहित खाद्य सुरक्षासँग सम्बन्धित विभिन्न पक्षको परीक्षण गरिएको थियो।
होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छता निरीक्षण तथा स्तरीकरणसम्बन्धी निर्देशिका अनुसार खाद्य स्वच्छताका लागि चार तह—‘सामान्य’, ‘सन्तोषजनक’, ‘उत्तम’ र ‘अति उत्तम’ निर्धारण गरेको छ । निरीक्षणपछि बरपिपल रिसोर्ट सबैभन्दा माथिल्लो तहमा परेको कार्यालय प्रमुख विजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार निरीक्षण गर्दा बरपिपल रिसोर्टको किचन, सरसफाइ, खाद्य स्वच्छता, कच्चा पदार्थको अवस्था, हाइजिनलगायतका पक्ष परीक्षण गर्दा अति उत्तम देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)