प्रतिनिधिसभामा दुई विधेयक पेश
annapurnapost.com · Tue Sep 29 06:46:57 GMT 2026

काठमाडौं : प्रतिनिधिसभामा विभिन्न दुई विधेयक प्रस्तुत भएको छ । मंगलबार बसेको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गरेकी हुन् ।
विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान मार्फत दक्ष, सक्षम र जिम्मेवार स्वदेशी तथा विदेशी जनशक्ति उत्पादन गर्ने उदेश्यका साथ विधेयक ल्याइएको जानकारी दिए । भू–राजनीतिक संवेदनशीलता र बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न देशमै सैनिक तथा गैर–सैनिक अधिकारीहरूलाई उच्च शिक्षा र तालिम प्रदान गर्ने लक्ष्य राखिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)