क्वार्टरफाइनल नखेली सेमिफाइनलमा बङ्गलादेश, भारत, श्रीलङ्का र पाकिस्तान
annapurnapost.com · Tue Sep 29 06:42:57 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्सको पुरुष क्रिकेटतर्फको क्वाटरफाइनल खेल सबै वर्षाका कारण रोकिएको छ। आईसीसी वरियताका आधारमा सिधै क्वाटरफाइनलमा स्थान बनाएका ४ टोलीले क्वाटरफाइनलमा खेल्दै नखेली सेमिफाइनलमा स्थान बनाएका छन्।
क्वाटरफाइनलको दुवै दिन वर्षा हुँदा समूह चरण पार गरेर आएका कुनै पनि टोलीले क्वाटफाइनल खेल्न पाएनन्। सोमबार हङकङ र पाकिस्तानको क्वाटरफाइनल खेल वर्षाले रोकिएको कारण पाकिस्तान सेमीफाइनल पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)