क्रिकेटर मनिषा सम्मानित
newsofnepal.com · Tue Sep 29 06:53:02 GMT 2026
काठमाडौं, (नेस) ।
नेपाली महिला क्रिकेटर मनिषा उपाध्यायलाई ‘स्व.रमा देवी स्मृति क्रिकेट कप’ले ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्रीसहित सम्मान गरेको छ । प्रतियोगिताका निर्देशक राज क्षेत्रीले मनिषालाई क्रिकेट सामग्री हस्तान्तरण गरेका हुन् । क्षेत्रीले नेपाली क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान र प्रोत्साहन गर्नु आफ्नो जिम्मेवारी मात्र नभई नेपाली क्रिकेटको विकासमा योगदान गर्ने एउटा महत्त्वपूर्ण प्रयास भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)