पत्रकार मल्ललाई २४ घण्टाभित्र उपस्थित गराउन गृहलाई सर्वोच्चको आदेश
baahrakhari.com · Tue Sep 29 06:52:00 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले पक्राउ परेका पत्रकार धर्मराज मल्ललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मल्ललाई बन्दीसहित २४ घण्टाभित्र उपस्थित गराई लिखित जवाफ पेस गर्न गृह मन्त्रालय, जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आदेश दिएको हो । पत्रकार मल्ल आशिष मल्ल ठकुरीका नामले चिनिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)