चट्टान र लेदोले थुनिएको मर्स्याङ्दी खोल्न एक्साभेटर परिचालन
aarthiknews.com

मनाङ । अविरल वर्षापछि घट्टेखोलामा आएको लेदोसहितको ढुंगा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्ने काम सुरु गरिएको छ। नदी थुनिएर बनेको तालबाट पानी आंशिक रूपमा बग्न थालेपछि उपलब्ध एक्साभेटरलगायतका साधन प्रयोग गरी नदीको बहाव थप सहज बनाउने काम थालिएको हो।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार नदीको धार परिवर्तन गरेर पानी आंशिक रूपमा बगिरहेको छ। सडक सम्पर्कसमेत अवरुद्ध रहेकाले स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर नदी खोल्ने काम अघि बढाइएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)