अपाङ्गता भएका नागरिक एकै डिजिटल सञ्जालमा, सबै स्थानीय तहमा ‘सिम्स’ विस्तार गरिँदै
annapurnapost.com · Tue Sep 29 06:50:35 GMT 2026

काठमाण्डौं: अपाङ्गता भएका नागरिक, महिला, बालबालिका तथा सीमान्तकृत समुदायको तथ्याङ्क व्यवस्थापन, पहिचान र सामाजिक सुरक्षा पहुँचलाई अब एउटै केन्द्रीकृत डिजिटल प्रणालीमा जोडिएको छ। सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल (एसपीसीएसएन) ले युनिसेफ नेपालको सहयोगमा विकास गरेको ‘अपाङ्गता व्यवस्थापन सूचना प्रणाली’लाई नेपाल सरकारको ‘सामाजिक सूचना व्यवस्थापन प्रणाली’मा समायोजन (इन्टीग्रेशन) गरी सरकारलाई हस्तान्तरण गरिएको छ।
यससँगै अब परम्परागत तथा कागजी प्रक्रियाको अन्त्य भई देशका सबै ७५३ वटै स्थानीय तहबाट अपाङ्गता भएका व्यक्तिहरूको दर्ता, मानकीकृत मूल्याङ्कन, वर्गीकरण र परिचयपत्र वितरण प्रक्रिया पारदर्शी, डिजिटल र सुसंगत बाटो खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)