उत्पादनको ७० प्रतिशत निर्यात नगर्ने उद्योगलाई कारबाही
canadanepal.com · Tue Sep 29 06:59:35 GMT 2026

भैरहवा - विशेष आर्थिक क्षेत्र (सेज) को निर्धारित मापदण्ड पूरा नगर्ने उद्योगलाई कारबाही गरिने भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको कम्तीमा ७० प्रतिशत निर्यात गर्न नसकेको भन्दै पञ्चकन्या एसएस एक्सपोर्टमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक डा. दिवाकर लुइँटेलका अनुसार पञ्चकन्या एसएस एक्सपोर्टले तोकिएको शर्तअनुसार उत्पादन निर्यात गर्न नसकेपछि सेजबाट निष्कासन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)