मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनुपर्छ’

ekantipur.com · Sat Feb 17 00:57:06 GMT 2024

काठमाडौँ — नागरिक उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले नेपालको हवाई सुरक्षा अभिवृद्धि गर्न नियमनकारी र सेवाप्रदायक गरी दुइटा निकाय बनाउनुपर्ने सुझाव दिएका छन् ।

एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा बिहीबार काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय कार्यशालामा उड्डयनकर्मीहरूले हाल हवाई सेवामा रहेको प्राधिकरणलाई सेवाप्रदायक र नियमनकारी निकायमा विभाजन गर्नुपर्ने सुझाव दिएका हुन । कार्यशालामा प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, प्राध्यापक सोम खतिवडा, प्राध्यापक मदनकुमार रिमाल, संस्कृतिविज्ञ पशुपति न्यौपाने, भरत बराल, कविराज पोखरेल, तिलक ढकाल र सुगतरत्न कंसाकारलगायतले कार्यपत्र प्रस्तुत तथा टिप्पणी गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)