थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु
nepalnews.com · Tue Sep 29 07:01:27 GMT 2026

मनाङ। अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुंगा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ।
नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। ‘धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ। यहाँ उपलब्ध एक्साभेटरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम सुरु भएको छ,’ उनले भने, ‘ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ। यसका लागि तयारी पनि भइरहेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)