मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रेखाको ‘छत्तीसको आँकडा’ मङ्सिर १७ मा रिलिज हुने

kendrabindu.com · Tue Sep 29 07:03:29 GMT 2026

काठमाडौं । अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको फिल्म ‘छत्तीसको आँकडा’को आगामी मङ्सिर २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर रेखाकै ‘बीआर क्याफे’मा आयोजित एक कार्यक्रममा फिल्ममा रिलिज मिति घोषणा गरिएको हो ।

रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो फिल्म सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा रेखाको अलवा पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, निरुता सिंहको मुख्य अभिनय छ । रेखाको जोडीका रूपमा अभिनेता महेश त्रिपाठीदेखिने फिल्ममा पूजासँग अभिनेता पुष्प खड्का देखिनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)