फिफा सदस्यहरूलाई थप रकम वितरण गर्ने प्रस्तावको मूल्यांकन गर्न अध्यक्ष इन्फान्टिनोको निर्देशन, पाउलान् १ करोड डलर ?
clickmandu.com · Tue Sep 29 07:02:36 GMT 2026
एजेन्सी । यूईएफए र कोन्काकाफले नियामक निकायको मौज्दातबाट २.१ अर्ब अमेरिकी डलर भुक्तानी गर्न गरेको मागपछि फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले राष्ट्रिय संघहरूलाई थप रकम वितरण गर्ने प्रस्तावहरूको मूल्यांकन गर्न निर्देशन दिएका छन् तर कुनै निश्चित रकम दिने प्रतिबद्धता भने जनाएका छैनन् ।
सोमबार रोयटर्सले हेरेको ६ महादेशीय महासंघका अध्यक्षहरूलाई पठाइएको पत्रमा इन्फान्टिनोले उक्त मूल्यांकन अक्टोबर १५ मा फिफा काउन्सिलसमक्ष पेश गरिने र कुनै पनि थप रकम वित्तीय जाँच तथा औपचारिक अनुमोदनको अधीनमा रहने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)