अविरल वर्षाले २७ जनाको मृत्यु, भौतिक संरचनामा व्यापक क्षति
clickmandu.com · Tue Sep 29 07:00:35 GMT 2026

काठमाडौं । असोज ८ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षापछिको बाढीले २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १२ गते जारी गरेको स्थिति प्रतिवेदनअनुसार अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानसम्बन्धी कुल ५४२ वटा विपद्का घटनाहरू दर्ता भएका छन् ।
यी विपद्का घटनाहरूमा परी कुल २७ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता र ८ जना घाइते भएका छन् । घटनाका कारण देशभरका १,०८२ भन्दा बढी परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । भौतिक संरचनातर्फ १४२ वटा घरमा आंशिक क्षति र २२७ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् । यसका साथै ३१ वटा झोलुङ्गे तथा पक्की पुलहरूमा क्षति पुगेको छ, १० वटा गोठ भत्किएका छन् र ११४ वटा पशुचौपाया मरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)