देशका विभिन्न स्थानमा पाँच जना मृत फेला
ratopati.com · Tue Sep 29 07:14:15 GMT 2026

काठमाडौँ। तनहुँ, रूपन्देही, सिन्धुली, रोल्पा र ताप्लेजुङका छुट्टाछुट्टै स्थानमा सोमबार पाँच जना मृत अवस्थामा फेला परेका छन्।
तनहुँको म्याग्दे गाउँपालिका-१ माथिल्लो गुणादी दुर्गा मन्दिरस्थित गुणादी खोलामा ऋसिङ्ग गाउँपालिका-१ सेताङ बस्ने ५७ वर्षीय तुल बहादुर लुङ्गेली मगर मृत फेला परेका हुन्। त्यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-३ चिडिया खोला सङ्घर्ष टोल बस्ने ३२ वर्षीय यम बहादुर पहराई सोही उपमहानगरपालिका-१७ रानीगन्जस्थित तिनाउ खोलामा मृत अवस्थामा भेटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)