मन्त्रीपरिषदमा समावेशीताः प्रदेश सरकारविरुद्ध रिट
gorkhapatraonline.com · Tue Sep 29 07:14:54 GMT 2026

कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् समावेशी नभएको भन्दै अदालतमा रिट दायर भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयले उच्च अदालत सुर्खेतमा रिट दायर गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, मुख्यमन्त्री मंगलबहादुर शाही, कर्णाली प्रदेश प्रमुखको कार्यालय र प्रदेश प्रमुख यज्ञराज जोशीलाई विपक्षी बनाइ रिट दायर गरिएको छ । कर्णालीको मन्त्रीपरिषद् गठन संविधानको मर्मअनुसार समावेशी नभएको र यसअघि उच्च अदालत सुर्खेतले गरेको आदेशविपरित भएको भन्दै उच्च अदालत सुर्खेतमा उत्प्रेषण, परमादेशलगायत अन्य चाहिने आदेश जारी गरी पाऊँ भन्दै रिट परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)