दसैंको किनमेलमा दराजको ‘१०.१० धमाका’, ७५ प्रतिशतसम्म छुटदेखि आकर्षक उपहारसम्म
kalakarmi.com · Tue Sep 29 07:12:53 GMT 2026

काठमाडौं- दसैं नजिकिँदै गर्दा अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ‘१०.१० दसैं धमाका’ सार्वजनिक गरेको छ । असोज १३ देखि प्रारम्भ हुने अभियानमा विभिन्न उत्पादन तथा ब्रान्डमा ७५ प्रतिशतसम्म छुट, ६५ लाख रुपैयाँसम्मका भौचर, निःशुल्क डेलिभरी तथा विभिन्न उपहार र अफर उपलब्ध हुने दराजले जनाएको छ ।
दराजका अनुसार ‘१०.१० दसैं धमाका’ अभियान अक्टोबर १ को राति ८ बजेदेखि अक्टोबर १२ अर्थात् असोज २६ गतेसम्म सञ्चालन हुनेछ । दसैंका लागि किनमेल गर्ने उपभोक्तालाई लक्षित गरी अभियानमा विभिन्न श्रेणीका उत्पादनमा छुट तथा विशेष अफर ल्याइएको हो । अभियानअन्तर्गत उपभोक्ताले लुगाफाटा, इलेक्ट्रोनिक्स, सौन्दर्य सामग्री, घरायसी सामान, मोबाइल तथा अन्य विभिन्न सामग्रीमा छुट पाउनेछन् । साथै, सीमित अवधिका फ्ल्यास सेल, दैनिक विशेष अफर र विभिन्न ब्रान्डका प्रमोसन पनि सञ्चालन हुने दराजले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)