भोटेकोशी बाढीको ५० प्रतिशत बीमा दाबी अग्रिम दिनुपर्ने, यस्तो बन्यो भुक्तानीको कार्यविधि
aarthiknews.com

काठमाडौँ। नेपाल बीमा प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी कार्यविधि, लागू गरेको छ। कार्यविधि अनुसार दाबी सूचना र सर्भेयर नियुक्ति प्रक्रियाकार्यविधि अनुसार बीमितले क्षतिको जानकारी बीमकलाई लिखित, मौखिक वा विद्युतीय माध्यमबाट यथाशीघ्र उपलब्ध गराउन सक्नेछन्।
सूचना प्राप्त भएपछि बीमकले दाबी नम्बर उपलब्ध गराई फछ्र्योट प्रक्रिया सुरु गर्नुपर्नेछ। सर्भेयर नियुक्त गर्दा बीमक वा बीमितका एकाघर परिवारका सदस्य वा प्रत्यक्ष/अप्रत्यक्ष वित्तीय स्वार्थ भएका व्यक्तिलाई खटाउन पाइने छैन। स्थलगत निरीक्षण सम्भव नभएको अवस्थामा उपलब्ध फोटो, भिडियो, डिजिटल अभिलेख, सरकारी वा वित्तीय प्रमाणका आधारमा क्षति मूल्याङ्कन गर्न सकिने प्रावधान राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)