हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–साङ्घाई सिधा उडान पुनः सुरु
clickmandu.com · Tue Sep 29 07:19:13 GMT 2026

काठमाडौं । हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको साङ्घाईस्थित पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा पुन नियमित रुपमा सिधा उडान सेवा सुरु गरेको छ।
एयरलाइन्सका अनुसार सोमबारदेखि यो रुटमा नियमित उडान पुनः सुरु भएको हो। पहिलो उडानअन्तर्गत उडान नम्बर ‘एचनाइन ७८०’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ७:११ बजे साङ्घाईका लागि प्रस्थान गरी चिनियाँ समयअनुसार भोलिपल्ट बिहान २:३६ बजे पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)