लेदो सहितको बाढीले थुनिएको मर्स्यांदी नदीलाई बम विस्फोट गराएर खोलिँदै
clickmandu.com · Tue Sep 29 07:17:39 GMT 2026

मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्यांदी नदी खोल्न सुरू गरिएको छ ।
नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ । यहाँ उपलब्ध एक्साभेक्टरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम सुरू भएको छ’, उनले भने, ‘ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ । यसका लागि तयारी पनि भइरहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)