तीन महिनापछि खुल्दै मार्तडी–कोल्टी सडक, मर्मतको काम सुरु
canadanepal.com · Tue Sep 29 07:19:06 GMT 2026

बाजुरा - पूर्वी–उत्तरी क्षेत्रलाई सदरमुकाम मार्तडीसँग जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि सञ्चालनमा ल्याउने तयारी थालिएको छ।
वर्षायाम सुरु भएसँगै गत असार दोस्रो सातादेखि अवरुद्ध रहेको सडक खुलाउन आजदेखि काम सुरु गरिएको हो। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार पूर्वाधार विकास कार्यालय अछामसँगको समन्वयमा बडीमालिका नगरपालिकाको जेसीबी प्रयोग गरी सडकमा खसेका पहिरो हटाउने र क्षतिग्रस्त संरचना मर्मत गर्ने काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)