विपद्प्रभावित बालबालिकाका लागि रसुवामा १३ बालमैत्री केन्द्र स्थापना
bishowkhabar.com · Tue Sep 29 07:17:07 GMT 2026

काठमाडौं – विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण तथा मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीले संयुक्त राष्ट्र बाल कोषको सहयोगमा ती केन्द्र स्थापना तथा सञ्चालनमा सहजीकरण गरेको हो । भोटेकोशी बाढीबाट उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकालाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)