नेपाली जुट उद्योगको अस्तित्व संकटमाः सांसद डाँगी
makalukhabar.com · Tue Sep 29 05:24:30 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले जुट उद्योगको संरक्षणका लागि अविलम्ब कुटनीतिक पहल गर्न माग गरेकी हुन् । सांसद डाँगीले सदनमा धारणा राख्दै भारतले नेपाली जुटमा वृद्धि गरेको ‘एन्टी डम्पिङ ड्युटी’ र जारी ‘काउन्टरभेलिङ ड्युटी इन्भेस्टिगेसन’ले स्वदेशी उद्योगहरूलाई प्रत्यक्ष असर पु¥याएको जिकिर गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)