याङ्त्जे नदीमा निर्मित शितुओ पुलको निर्माण कार्य अन्तिम चरणमा
makalukhabar.com · Tue Sep 29 04:42:42 GMT 2026

एजेन्सी । चीनको याङ्त्जे नदीमा निर्माणाधीन शितुओ याङ्त्जे नदी पुलको सडक खण्डको निर्माण कार्य शनिबार सफलतापूर्वक सम्पन्न भएको छ । पुलको रेलमार्ग र सडक दुवैतर्फको क्लोजर कार्य पूरा भएसँगै यो परियोजना अब डेक पेभिङको प्राविधिक चरणमा प्रवेश गरेको छ ।
चीनको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा महत्वपूर्ण मानिएको शितुओ याङ्त्जे नदी पुलको निर्माण कार्यले गति लिएको छ । शनिवार पुलको सडक खण्डको मुख्य संरचना जोडिएसँगै यसको निर्माणले नयाँ फड्को मारेको हो । यसअघि नै रेलमार्ग खण्डको क्लोजर सम्पन्न भइसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)