विराट एग्रोको आइपिओ आउँदै, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल
makalukhabar.com · Tue Sep 29 05:20:29 GMT 2026

काठमाडौँ। विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने तयारी थालेको छ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता एनआईसी एसिया क्यापिटल लिमिटेड र विराट एग्रोबीच सम्पन्न भएको हो।
सम्झौताअनुसार एनआईसी एसिया क्यापिटलले विराट एग्रोलाई संस्थागत परामर्शसहित सर्वसाधारणमा सेयर निष्कासनको प्रक्रियामा आवश्यक सेवा तथा सहजीकरण उपलब्ध गराउनेछ। एनआईसी एसिया क्यापिटलले ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत कम्पनी स्थापनादेखि सार्वजनिक सेयर निष्कासनसम्म आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)