क्यान अध्यक्ष चन्द भन्छन्- आगामी दिनमा प्लेइङ कन्डिशन सुधार्न पहल गर्छौं
barnanmedia.com · Tue Sep 29 07:10:41 GMT 2026
काठमाडौं । एसियन गेम्सको क्रिकेटमा लगातार वर्षाका कारण चारवटै क्वाटरफाइनल खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा प्रतियोगिताको प्लेइङ कन्डिशन सच्याउन पहल गर्ने बताएका छन् ।
हिमालय टेलिभिजनसँगको कुराकानीमा चन्दले चारवटै क्वाटरफाइनल खेल वर्षाका कारण ‘वाशआउट’ हुने परिकल्पना नगरिएको बताए । उनले प्लेइङ कन्डिशन बनाउने क्रममा फुल मेम्बर राष्ट्रहरू संलग्न हुने भएकाले यस विषयलाई त्यतिबेला गम्भीर रूपमा नलिइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)