मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शान्ति सम्झौताका अपुरा काम

annapurnapost.com · Mon Nov 22 06:43:00 GMT 2021

दस वर्षे सशस्त्र युद्धलाई शान्तिमा रुपान्तरण गर्न सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ। ५ मंसिर २०६३ मा भएको शान्ति सम्झौतामा राजनीतिक र सामाजिक परिवर्तनसँगै मुलुकलाई अग्रगामी दिशामा लैजाने प्रतिवद्धता व्यक्त गरिएको थियो।

२०५२ मा सुरु भएको माओवादी सशस्त्र संघर्षलाई शान्ति सम्झौताले औपचारिक रूपमा विश्राम गरेको थियो। युद्धविरामलाई दीर्घकालीन शान्तिमा परिणत गर्ने उद्देश्यका साथ शान्ति सम्झौता भएको थियो। राजनीतिक दलहरूको इच्छाशक्तिले स्वदेशी माटोमै भएको शान्ति प्रक्रियाले विश्व मानचित्रमा देशको छुट्टै पहिचान र मौलिकता कायम गरेको थियो। हिजोका दिन हतियार उठाएर विद्रोहमा उत्रेको दल शान्ति प्रक्रियामार्फत मूलधारको शान्तिपूर्ण राजनीतिमा आउनु र राजनीतिक मूल्य–मान्यतालाई व्यवहारमा स्थापित गर्दै सत्ता सञ्चालनमा सहभागी हुनुलाई बिरलै घटना मानिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)