पूरा हुने क्रममा गोर्खा सैनिकका माग
gorkhapatraonline.com · Fri Sep 15 06:14:54 GMT 2023
काठमाडौँ, भदौ २९ गते । “हाम्रो नाममा ब्रिटिस सरकारले एउटा सिपाही बराबर चार सय डलर लिन्थ्यो तर गोर्खा सैनिकले मात्र एक सय डलर बराबरको खर्च पाउँथे । पेन्सनमा पनि त्यस्तै विभेद थियो ।” यो कुरा बताइरहँदा भूतपूर्व गोर्खा सैनिक वयोवृद्ध ७७ वर्षीय डम्बरबहादुर लिम्बू तुम्बाहाम्फेको शिर निहुरियो ।
तल्लो स्तरको सेवासुविधाको पीडाले मनमा नदेखिने घाउ बनेको छ उहाँको । उहाँले भन्नुभयो, “कुनै काम र कमाइ नभएर गएका थिएनौँ, मात्र रगत र पसिनाको मूल्य दिए पुग्थ्यो ।” पहिलो र दोस्रो विश्वयुद्धमा आफ्ना पितापुर्खाले ज्यान उत्सर्ग गरेर तत्कालीन ब्रिटिस राज्यको सान उचो बनाएको सम्झनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)