थुनिएको मस्र्याङ्दी नदी खोल्न थालियो
annapurnapost.com · Tue Sep 29 07:21:44 GMT 2026

काठमाडौं : केहिदिनको वर्षाका कारण मनाङको सदरमुकाम चामेस्थित घट्टेखोलामा लेदोसहितको ढुङ्गा,गिट्टी,बालुवाले थुनिएको मस्र्याङ्दी नदी खोल्न सुरू गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी लगायतको टोलीले नदी थुनिएर बनेको ताललाई खोल्ने कार्य गरिरहेको हो ।
लेदोसहितको ढुङ्गा,गिट्टी,बालुवाले मस्र्याङ्दी थुनिएपछि धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगेको थियो । मस्र्याङ्दी नदीलाई पुरानै अवस्थामा फर्काउनका लागि निरन्तर काम भइरहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। मस्र्याङ्दी नदी थुनिएपछि चामेका केहि घरमा समेत क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)