चार दिनपछि खुल्यो बीपी राजमार्ग, जोखिमयुक्त खण्डमा एकतर्फी आवागमन
aarthiknews.com

काठमाडौँ । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ। बाढीले बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डमा खसेको पहिरो पन्छाएपछि मंगलबार बिहानदेखि यातायात सञ्चालन गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव अझै उच्च रहेकाले किनारबाट तत्काल डाइभर्सन बनाउन नसकिएपछि खानेपानी पम्प हाउस रहेको भित्री ट्रयाकबाट सवारी आवागमन सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)