‘विश्वविद्यालय खाली, विमानस्थल भरिएको छ’
annapurnapost.com · Sat Feb 24 00:41:28 GMT 2024
बागलुङ : नेपालमा पछिल्लो समय युवाहरू बिदेसिने क्रम बढेपछि विमानस्थल भरिएका र विश्वविद्यालयहरू खाली रहेकोमा शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन्। बागलुङको पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तेस्रो दिन आयोजित राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरूले शिक्षा प्रणालीको कारण युवाहरू बिदेसिएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
सम्मेलनमा बोल्दै शिक्षाविद् डा. राजेन्द्र केसीले शिक्षामा कमीकमजोरी हुँदा युवाहरू बिदेसिएको बताए। उनले शिक्षालाई समाज, राजनीति, देशको भूमि, हिमाल, पहाड र तरार्ईसँग जोड्न नसकेको बताए। ‘हाम्रो शिक्षामा कमीकमजोरी छन्। समाज, राजनीति, देशको भूमि, हिमाल, पहाड र तरार्ईसँग हाम्रो शिक्षाले जोडेनौं,’ उनले भने, ‘शिक्षा सर्टिफिकेटमा मात्र जोडेर मात्र हुँदैन त्यसलाई हिमाल, पहाड र तरार्ईसँग जोड्न आवश्यक छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)