पिकअप भ्यानसहित अठार लाख मूल्यभन्दा बढीको सामान बरामद
thahakhabar.com
कञ्चनपुर : सशस्त्र प्रहरीले आज जिल्लाका विभिन्न क्षेत्रबाट अवैधरुपमा भारतबाट भित्र्याएको सामानसहित पिकअप भ्यान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत बोर्डर आउटपोष्ट गड्डाचौकी, जिमुवा, बेलौरी र पुनर्वासबाट खटिएको सीमा गस्ती टोलीले भन्सार छलेर भारतबाट अवैधरुपमा भित्र्याउँदै गरेको तयारी कपडा, किराना सामान, बिँडी, सूर्ती, चिनी, मोटरपार्टस् लगायतका सामान बरामद गरेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)