मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा ट्याक्सीको ठक्करबाट गोरखाका ४ वर्षीय बालकको मृत्यु

annapurnapost.com · Thu Jun 04 13:58:29 GMT 2026

गोरखा : काठमाडौंको तारकेश्वरमा भएको सवारी दुर्घटनामा ताप्लेका ४ वर्षीय बालकको मृत्यु भएको छ। तारकेश्वर-९ फुटुङ्ग ग्याडोलस्थित सडकमा भएको सवारी दुर्घटनामा बागमती प्रदेश ०१–००२ ज ७९३३ नम्बरको ट्याक्सीको ठक्करबाट गोरखा नगरपालिका-२ ताप्ले घर भई मनमैजु बस्ने साबित्रा बानियाँ केसीको छोरा स्पर्श बानियाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका उनको ईशान बाल अस्पताल बसुन्धारामा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीको भनाइ छ। ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय