‘शुक्रबारसम्म सिटामोल अभाव हट्छ’
ekantipur.com · Thu Jan 20 01:17:01 GMT 2022
काठमाडौँ — बजारमा सिटामोलको अभाव भएपछि नेपाल औषधि लिमिटेड र नेसनल हेल्थ फर्माले एक महिनाभित्र ४० लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने जनाएका छन् । औषधि लिमिटेडले ३० लाख र नेसनलले १० लाख ट्याब्लेट उत्पादन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सिटामोलमा घाटा रहेको भन्दै लिमिटेडले १५ दिनदेखि उत्पादन बन्द गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन बुधबार मात्रै गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)