पृथ्वी राजमार्ग एकतर्फी खुलेपछि बाहिरिन थाले काठमाडौंमा अड्किएका सवारी (तस्बिरसहित)
sutranews.com · Tue Sep 29 07:35:46 GMT 2026

काठमाडौं । निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधका कारण काठमाडौंमा रोकिएका मालवाहक ट्रक, बस तथा अन्य सवारी गन्तव्यतर्फ लाग्न थालेका छन्। पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएसँगै पछिल्लो चार दिनदेखि उपत्यकामा रोकिएका सवारी साधन बाहिरिन थालेका हुन्। राजमार्ग खुलेपछि कलंकी, ढुंगेअड्डा, थानकोट र नागढुंगा क्षेत्रमा उपत्यकाबाट बाहिरिने सवारीको चाप बढेको छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)